संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षको बाटो रोज्ने बताउनुभएको छ ।
विघटित प्रतिनिधिसभाका नेकपा (एमाले) सम्बद्ध सदस्यहरूको बैठकमा आज उहाँले संसद् पुनस्र्थापनाबाट राजनीतिक निकास दिनुपर्ने भएकाले आफूहरू पुनस्र्थापनाका लागि सर्वाेच्च अदालतमा रिट लिएर जाने बताउनुभयो ।
बैठकमा सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सङ्कटको अवस्थामा एमालेको भूमिका नै देशको भविष्यमा निहित छ भन्नेसबैले बुभ्mनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका महासचिव शङ्कर पोखरेलले गत भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो ।
बैठकमा छलफल जारी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.