बुटवलमा १६ औ औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने

रुपन्देही – रुपन्देही उद्योग सङ्घको आयोजनामा यही पौष ३ गतेबाट १७ गतेसम्म औद्योगिक प्रदर्शनी हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरेर सङ्घले सो जानकारी गराएको हो । नेपाली उत्पादन लाई प्रोत्साहन गर्दे स्वदेशी उत्पादन प्रयोगमा प्रदर्शनीले जोड दिएको रुपन्देही उद्योग सङ्घका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो ।  यसो हुँदा स्वदेशी पुजी पलाउन रोक्न सकिने सङ्घको तर्क रहेको छ ।

वर्तमान अवस्थामा उद्योगीहरूको समस्या यथाबत रहेतापनी व्यवसाय माथि उठाउन पहल थालिएको हो । नेपालको अर्थतन्त्र बलियो  बनाउनका लागी यस्ता प्रदर्शनीले थप उत्साह भर्ने अधोगीहरुको अपेक्षा रहेको छ ।

२०४५ शालबाट प्रदर्शनी सुरुवात भएतापनी नियमित रूपमा २०५३ बाट बुटवलमा औद्योगिक प्रदर्शनी हुँदै आएको छ । यस प्रदर्शनीमा ३० करोड कारोबारको अपेक्षा सहित ८ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिएको आयोजकले जनाएको छ ।

प्रदर्शनी सफल बनाउन ५०० स्टलहरू रहनेछ । जसमा कृषि उपजहरू र उद्योगहरू प्रविधि मैत्री बनाउन प्रयास गरिएको छ ।साथै प्रदर्शनी मार्फत कला संस्कृतिको जगेर्ना गर्ने टिकटक कम्पीटेशन जस्ता आकर्षण तथा पर्यटन विकासका लागी लुम्बिनी घुम्न जाऔँ अभियान सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रदर्शनी सफल बनाउन १५१ सदस्यीय मूल आयोजक समिति र विभिन्न ३० वटा  उपसमिति बनाएको छ । प्रदर्शनी सफल बनाउन मङ्सिर ७ बाट सचिवालय स्थापना गरिने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.