मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

काठमाडौँ- मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनुभएको छ।
मण्डलले पद अनुकुल आचरण नगरेको प्रस्ताव प्रदेश सभाको दुई तिहाई बहुमतले पारित गरेसँगै उहाँ सभामुखबाट पदमुक्त हुनुभएको हो।
आज बसेको मधेश प्रदेश सभाको बैठकले सो प्रस्ताव माथि छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको थियो ।
सो प्रस्तावको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिताकुमार राउत ईशरले प्रदेश सभा बैठकवाट सभामुख पदमुक्त भएको घोषणा गर्नु भएको थियो।
प्रदेश सभा बैठकमा ७८ प्रदेश सभा सदस्यहरु उपस्थित थिए ।।






प्रतिक्रिया राख्नुहोस्