मध्य पहाडी लोक मार्ग तीन साता पछि आंशिक सञ्चालनमा

रुकुम पर्व – रुकुम पूर्वको सिस्ने गाउँपालिकास्थित मध्य पहाडी लोक मार्ग सडक खण्डको रानी कोट–किटनी खण्डमा आज देखि आंशिक रूपमा सञ्चालनमा आएको छ । करिब तीन साता सम्म पूर्ण रूपमा बन्द गरिएको सडक खण्डमा आज बाट २ प्राङ्गे तथा ४ प्राङ्गे साना सवारी साधन सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुकुम पूर्वले जनाएको छ ।
कार्तिक १२ गतेदेखि मङ्सिर ०८ गतेसम्म सडक बन्द गरिएको थियो । किटनी क्षेत्रको सडक सुधार–मर्मत तथा जोखिम नियन्त्रणका काम भइरहेको थियो । सडकको किटनी भाग अझै पूर्ण रूपमा मर्मत नभएकाले ठुला सवारी साधनका लागि पुरानै रुट कायम रहने कार्यालयले जानकारी दिएको छ ।
यात्रु तथा चालकहरूलाई सावधानी अपनाउन र मार्गमा कुनै किसिमको समस्या भएमा आवश्यक जानकारीको लागि ट्राफिक कार्यालयसँग सम्पर्क गर्न आग्रह गरिएको छ । किटनी-रानीकोट सडक खण्ड करिब एक किलोमिटर रहेको छ । हरेक वर्ष बर्खाभरि पहिरो झरेर बाटो अवरुद्ध बनाउने गर्छ । जिल्लामै अति जोखिमपूर्ण सडक खण्ड मानिन्छ । मर्मत अवधिभर वैकल्पिक सडक प्रयोग गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्