सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि

कैलाली- सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादनमा वृद्धि भएको छ । कृषि विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार यस वर्ष प्रदेशभर ६ लाख ८७ हजार ८७७ मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत वर्षको ६ लाख ३६ हजार २९६ मेट्रिकटन भन्दा बढी हो । निर्देशनालयका अनुसार उत्पादनमा वृद्धि खेती गर्ने तरिका सुधार र उन्नत जातको बीउ प्रयोगका कारण भएको हो । गत वर्ष भन्दा कम धान उत्पादन भएपनि समग्र प्रदेशमा धान उत्पादनमा वृद्धि भएको हो ।

सुदूरपश्चिममा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि विकास निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार गत वर्षभन्दा यो वर्ष धान उत्पादनमा वृद्धि भएको पाइएको हो । गत आर्थिक वर्ष २०८०,८१ मा ६ लाख ७२ हजार ६५७  मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष भने ६ लाख ८१ हजार ७९७ मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्ष १ लाख ७८ हजार ९४६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा यो वर्ष सो भन्दा ५० हेक्टर क्षेत्रफल बढी अर्थात १ लाख ७८ हजार ९९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । तुलनात्मक रुपमा अघिल्लो वर्षभन्दा ५० हेक्टर बढी क्षेत्रफलमा धानखेती गरिएको भएपनि उत्पादन भने गतबर्षभन्दा ९ हजार १४० मेटिक टन बढी भएको सुदुरपश्चिम प्रदेश सरकारको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता गणेश सिंह ऐरीले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष अत्यधिक वर्षाका कारण आएको बाढीले धानबालीमा क्षति पुर्याउँदा उत्पादन कम भएको थियो । तर यो वर्ष धानबालीमा सामान्य वाहेक ठुलो कुनै नोक्सानी नहुँदा उत्पादन पनि बढेको हो । कैलाली र कञ्चनपुर जिल्लामा उत्पादन सबैभन्दा बढी रहेको छ । कैलालीमा ४.५ र कञ्चनपुरमा ४.४ प्रतिहेक्टर उत्पादन भएको छ । क्षेत्रफलका हिसाबले सुदूरपश्चिमका नौ ओटै जिल्लामध्ये कैलाली र कञ्चनपुरमा धानखेती बढी गरिन्छ । कैलालीमा सबैभन्दा बढी लाख उत्पादन भएको छ । यो वर्ष ६८ हजार ५४१ हेक्टर क्षेत्रफलमा धान लगाईएकोमा ३ लाख २४ हजार ८८४ मेट्रिक टन धान उत्पादन भएको छ । अन्न भण्डारको रुपमा रहेको कैलालीमा गत बर्षभन्दा १ हजार ६०४ मेट्रिक टन धान उत्पादन बढेको छ । मनसुनमा आएको उतारचढाव मलखादको अभाव र सिंचाईको असुविधाले उत्पादनमा असर नपरेको भए अझै धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र कैलालीका निमित्त प्रमुख  टेकवहादुर बिष्टले जानकारी दिनुभयो ।

कैलालीपछि कञ्चनपुरमा सबैभन्दा बढी १ लाख ९३ हजार ९८४ मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा ४८ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । पहाडी जिल्लाहरुमा पनि विगतको भन्दा बढी धान उत्पादन भएको छ । पहाडी जिल्लामा सबैभन्दा बढी अछाममा १५ हजार ७७१ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा ३८ हजार ७६४ मेट्रिक टन धान उत्पादन भएको छ । पहाडी जिल्लामा सबैभन्दा कम दार्चुलामा ४ हजार ४२२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा १२ हजार ५५८ मेट्रिक टन धान उत्पादन भएको छ । धान भित्र्याउने समयमा किसानहरुले सामान्य समस्या भोगेपनि धानको उत्पादन प्रदेशमा राम्रो भएको सुदुरपश्चिम प्रदेश सरकारको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता गणेश सिंह ऐरीले जानकारी दिनुभयो ।

धानखेतीको समयमा आवश्यक सिचाई मलखाद र प्रविधिको प्रयोग बढाउनतिर धान दिन सकेमा आगामी बर्षहरुमा धान उत्पादन थप बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.