प्रधानमन्त्री र विप्लबबीच भेट

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच आज भेटवार्ता भएको छ।
सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आज बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको हो ।
महासचिव विप्लवले विद्रोहको बलमा बनेको यो सरकारलाई आफूहरुको पूरा साथ र समर्थन रहेको रअहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजानुपर्ने बताउनुभयो।
जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गर्नुपर्ने उहाँको भनाइ थियो ।।





प्रतिक्रिया राख्नुहोस्