श्रीनाथ गणले गोसाइँकुण्डमा लाइफब्वाइ ट्युब जडान

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा बर्सेनि डुबान दुर्घटना बढे पछि रोकथामका लागि नेपाली सेनाद्वारा लाइफब्वाइ ट्युब जडान गरिएको छ ।
डुबान जन्य सम्भावित दुर्घटना न्यूनीकरण र सुरक्षा सुदृढीकरणका लागि धुन्चे स्थित लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको श्रीनाथ गणले लाइफब्वाइ ट्युब जडान गरेका हो । हरेक वर्ष हजारौँ तीर्थयात्री र पर्यटक गोसाइँकुण्डमा आउने र कुण्डमा स्नान गर्दा डुब्ने जोखिम उच्च हुन थाले पछि लाइफब्वाइ ट्युब राखिएको श्रीनाथ गणका गणपति प्रधुन्न गौतमले बताउनुभयो ।
उहाँका अनुसार जोखिम न्यूनीकरणका लागि नेपाली सेनाले स्थानीय तथा सरोकारवाला निकायहरूको सहकार्यमा सुरक्षा सामग्री स्थापन गरेको हो ।
यस कार्यले तीर्थयात्री र पर्यटकको सुरक्षामा सहयोग पुग्नुका साथै सङ्कट व्यवस्थापनमा सेना सधैँ क्रियाशील रहेको सन्देश दिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बिपत व्यवस्थापन समितिका संयोजक राजेश पन्थीले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्