कर्जन्हा नगरपालिका–८ मा वर्षौँदेखि प्रयोगविहीन शौचालय

 सिरहा –   कर्जन्हा नगरपालिका–८, गौतारीमा २०७८/७९ सालमा जिल्ला समन्वय समिति सिरहा (DCC Siraha) को सहयोगमा करिब १५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको सामुदायिक शौचालय आजसम्म पनि प्रयोगमा नआएको छ।

खुल्ला दिसामुक्त अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले निर्माण गरिएको यो संरचना बनाइएको तर कहिल्यै सञ्चालनमा नआएको स्थानीयहरूको गुनासो छ। स्थानीय चन्द्रकला देवी भन्छिन्— “गाउँमा धेरै मानिस अझै पनि खेतमै दिसा गर्छन्। १५ लाख खर्चेर शौचालय बनाइयो, तर सुरु देखि नै प्रयोगमा आएन।” स्थानीय चलितर साह भन्छन्— “धूमधडाकाले उद्घाटन भएको यो भवन आज फोहोर थुपार्ने र पशु बाँध्ने ठाउँ बनेको छ। चलाउने जिम्मा कसैले लिएन।” गाउँलाई खुल्ला दिसामुक्त क्षेत्र घोषित गरिए पनि व्यवहारमा लागू नभएको स्थानीयहरूको आरोप छ। स्थानीय इम्तियाज खान भन्छन्— “यो त शौचालयभन्दा फालफोकको थलो जस्तो देखिन्छ।

‘एक घर, एक चर्पी’ भनियो, तर अझै धेरै चर्पी प्रयोगमै आएका छैनन्।” १५ लाखमा बनेको संरचना आज जीर्ण अवस्थामा स्थानीयहरूको अनुसार— “शौचालयमा ताल्चा लागेको थिएन। सुरक्षा नहुँदा ढोका फोडिए, झ्याल–ढोका छुटे। धारा र पानी तानिने मोटर समेत चोरी भइसकेको छ। अहिले त भित्ताको ढाँचा मात्रै बाँकी छ।” उनीहरू भन्छन्— “सरकारी रकम खर्च भयो, तर प्रयोग शून्य। बनाइएको संरचनाको संरक्षण र निगरानी कसैले गरेन।” व्यवस्थापन अभावमा वर्षौँदेखि बेवास्ता उचित व्यवस्थापन, जिम्मेवारी र नियमित अनुगमनको अभावका कारण यो संरचना वर्षौँदेखि बेवास्तामा परेको स्थानीयहरूको आरोप छ। उनीहरूको चेतावनी— “नगरपालिकाले अब तत्काल पहल नगर्ने हो भने खुल्ला दिसा रोक्ने अभियान नाम मात्रमै सीमित हुनेछ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.