ऐतिहासिक महत्व बोकेको त्रिपुरा सुन्दरी माईको मेला सम्पन्न

धादिङ- धार्मिक एवं ऐतिहासिक महत्व बोकेको त्रिपुरा सुन्दरी माईको दुई दिनसम्म लाग्ने मेला धादिङमा आज सम्पन्न भएको छ ।

हिजोदेखि सुरु भएको सो मोला आज विहान त्रिपुरा सुन्दरी माईलाई घरबाट माइती घरमा ल्याएर भित्र्याएपछि सम्पन्न भएको हो ।

हिजो शनिवार विहानदेखी त्रिपुरा शुन्दरी गाउँपालिकास्थित सल्यानकोटबाट सुरु भएको सो मोलामा विहानदेखि नै भक्तजनहरुको भिड लागेको थियो ।

आफुले मागेको मनोकामना पुरा हुने जनविश्वास मात्रै नभई नेपाल एकिकरणको सन्दर्भमा समेत त्रिपुरासुन्दरी माईसँगको इतिहास जोडिएको छ ।

स्थानीय तहले समेत सोको विकासको लागि विभिन्न कार्य योजना अगाडि बढाई काम गरिरहेको जनप्रतिनिधिहरुको भनाइ छ ।

हिजो शनिवार दिनभरी भक्तजनहरुले सल्यानकोटमा रहेको देवी त्रिपुरासुन्दरीको घर भनिने मन्दिर प्राङ्गणमा बसी भजनकृतनसहित रमाइलो गरी पुजाआजा गरेपछि आज आइतवार विहानको साइतमा माई देवी भवानीलाई माइती घर ल्याइएको हो ।

मेलामा त्रिपुरा सुन्दरी भगवती माईलाई घारबाट माइतमा ल्याउने प्रचलन अनुसार धादिङको सल्यानकोटको हटीयास्थित मन्दिरबाट सल्यानवेशीको हाँसेबजारमा भएको मन्दिरमा ल्याई भित्राउने चलन रहेको छ ।

माईलाई माएति घरमा ल्याएपछि यस क्षेत्रका मानिसहरुले उत्पादन गरेको नयाँ अन्न बाली न्वागी खाने भन्दै देवीलाई नयाँ अन्न चढाएर प्रसादको रुपमा नयाँ चामल खाने प्रचलन रहेको छ ।

त्रिपुरा सुन्दरी माईलाई चैत्र महिनामा साइत हेरी फेरि माइतीघर हासे बजारबाट सल्यानकोटको हटियामा भएको मन्दिरस्थित घरमा नै लगिने चलन रहेको छ ।

सुन्दरी माईलाई बाजागाजासहित सबै गाँउलेहरु भेला भई घरबाट माइतसम्म पुर्‍याउन आउने गरिन्छ ।

चैते दशैँमा भने देवी भवानी त्रिपुरा सुन्दरी एक दिनको लागि मामाको घर जने चलन पनि छ तर एकै दिनमा आफ्नो घर फर्कने  परम्मरा रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.