नेप्से २६०० मा उक्लियो, ६ अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ- साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।
आज धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो ।
आज ३३४ कम्पनीको एक करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर ७६ हजार २८ पटक खरिदबिक्री हुँदा छ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सामूहिक लगानीबाहेक सबै समूहको उपसूचक बढेका छन् ।
सागर डिष्ट्रिलरी लिमिटेड, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्