युवाहरुले नै देशको समस्या समाधान गर्न सक्छन: अध्यक्ष साम्पाङ

भोजपुर- श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देशमा परिवर्तन ल्याउन जरुरी भएको बताउनुभएको छ ।
स्थानीय टुँडिखेलमा आज आयोजित कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम बिना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको धारणा राख्नु भएको हो  देशको जनशक्ति नै युवाशक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक भएको उहाँको भनाइ थियो ।
युवाले आफूहरु कसरी र कोबाट परिचालन भइरहेका छौँ भन्ने बुझ्न आवश्यक रहेको अध्यक्ष साम्पाङले उल्लेख गर्नुभयो ।
युवाले अब श्रम गरेर पसिना बगाउन आवश्यक रहेको र अबका दिनमा सबै सच्चिनुपर्ने भनाइ उहाँको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.