जेन-जी आन्दोलनको योगदान खेर जान दिँदैनौँ: मन्त्री खरेल

दोलखा- सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेले जेन-जी आन्दोलनको योगदान खेर जान नदिने बताउनुभएको छ।
राजनीतिक दलका स्वार्थकेन्द्रित गतिबिधिका कारण जेन-जी युवाहरुले साहसका साथ उठाएको आवाजलाई अझ बलियो बनाउनुपर्ने भनाइ उहाँको थियो ।
दोलखाको कालिनाग माध्यमिक विद्यालयको बधाइ तथा अभिनन्दन कार्यक्रम मन्त्री खरेलले स्वार्थ केन्द्रित राजनीतिका कारण समग्र विकाससँगै शिक्षा क्षेत्रमा पनि गम्भीर असर परेको उल्लेख गर्नुभयो ।
उहाँले अब शिक्षा, विकास र सुशासनलाई प्राथमिकतामा राख्दै सबै दलले जिम्मेवारीपूर्वक अघि बढ्न जरुरी भएको बताउनुभयो ।
देशमा स्थिर सरकार नबन्दा राजनीतिक दलहरूको अस्थिर सत्ता-प्रतिस्पर्धा बढेर शिक्षा क्षेत्रदेखि समग्र विकाससम्म प्रभाव परेको उहाँको भनाइ थियो ।
मन्त्री खरेलले राष्ट्रिय विकास, गुणस्तरीय शिक्षा र प्रविधिमा आधुनिक सुधारलाई पनि प्राथमिकतामा राख्दै काम गर्नु आवश्यक रहेको बताउनुभयो।
मन्त्री खरेलले देशका राजनीतिक दलमा सक्षम र जिम्मेवार नेतृत्व रहेको हुँदा चुनाव नजिकिँदै गर्दा सही नेतृत्व छान्नुपर्नेमा जोड दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्