नेपाली कांग्रेस सहित १३२ दलद्वारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन
प्रतिनिधिसभा निर्वाचनका लागि ५६ तथा राष्ट्रियसभाका लागि १३ दल दर्ता

काठमाडौँ – नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।
राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कांग्रेसले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको हो । यसअघि शनिवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो । कांग्रेसले सभापति शेरबहादुर देउवाकै आधिकारिक हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएको हो ।
यो संगै निर्वाचन आयोगमा आइतवारसम्म १३२ वटा दल दर्ता भएका छन् । जसमा प्रतिनिधि सभा निर्वाचनका लागि ५६ तथा राष्ट्रिय सभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएको निर्वाचन आयोगका सहप्रवक्ता कुल बहादुर जीसीले जानकारी दिनु भएको छ ।।






प्रतिक्रिया राख्नुहोस्