धादिङका किसानहरूका लागि आम्दानीको राम्रो श्रोत बन्दै सयपत्री फुल खेती

धादिङ – धादिङमा यस वर्ष सयपत्री फुलको व्यवसायीक खेती गरेका किसानहरुले सोचे भन्दा निकै राम्रो आम्दानी गरेका छन् । एकै सिजनमा एउटै किसानले फुल बिक्रीबाट दश लाखसम्म आम्दानी गरेका छन् । सरकारले भारतीय  फुल आयातमा रोक लागाएसंगै स्थानीय फुलले बजार पाउन थालेको किसानहरूको बुझाई छ । पहिले तिहार पर्व सकिएसँगै खेर जाने फुलहरू अहिले धमाधम बजारमा बिक्री हुने गरेको छ ।  अहिले फुल खेती बाटै पनि किसानहरू आत्मा निर्भर हुने गरेका छन् । धादिङको धुनीवेशी नगरपालिकाका पचास भन्दा धेरै किसानहरूले अहिले तरकारी खेतीको अलावा बाह्रै महिना उत्पादन गरी बिक्री गर्न सकिने गरी फुलको खेती सुरु गरेका हुन् । व्यवसायी रूपमा फुल खेती गर्दै आएका धादिङका किसानहरूले यस वर्ष सोचे भन्दा निकै राम्रो आम्दानी गरेको बताएका छन् । यस वर्ष विशेष गरी तिहारमा फुलको मूल्य निकै आकासिए पछि  गत सालको तुलनामा आम्दानी तिन गुणा धेरै भएको किसानहरु बताउदछन् ।

तिहारमा प्रतिकिलो फुलको सात सय त बारीबाटै बिक्री भएको व्यवसायी रूपमा फुल खेती गर्दै आएका किसानको भनाई छ ।
किसानका अनुसार बजार राम्रो र भारतीय बजारको फुल आयातमा रोक लगाउने हो भने त फुल खेतीबाटै पनि आत्मा निर्भर बन्ने सक्ने भनाई छ। तिहारमा त एउटै किसानले छ रोपनी क्षेत्रफलमा गरेको फुल बिक्रीबाट दश लाखसम्म आम्दानी गरेको बताएका छन् ।
धादिङको धुनीवेशी नगरपालिकामा विशेष गरी किसानका व्यवसायी रूपमा फुल खेती गर्दै आएका छन् ।

किसानहरूले अन्य बाली भन्दा सजिलो र वार्षिक दुई पटक टिपेर बिक्री गर्न सकिने भएकोले फुल खेती व्यवसायीक रूपमा सुरु गरेको बताएका छन् ।   धान ,मकै ,गहुँ भन्दा यो खेती गर्न सजिलो पनि हुने भए पछि पछिल्लो समय किसानहरूको आकर्षण फुल खेति तर्फ  बढेको हो ।

धादिङको धुनीवेशी नगरपालिकामा उत्पादन भएको फुल विक्रिका लागी राजधानी काठमाण्डौँ लग्ने गरिन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.