सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भोलीदेखि लागू हुने गरी अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महाविर पुनले जानकारी दिनुभयो ।

हाल रक्षासचिव रहनुभएका अर्याल २९औँ मुख्यसचिव बन्नुभएको छ । वर्तमान मुख्यसचिव एकनारायण अर्यालको भोलि मध्यरातिदेखि कार्यकाल सकिने भएपछि सरकारले अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्ति गरेको हो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.