भारतसँग विद्युत खरिद गर्दा नेपाललाई घाटा भएको छैन: मन्त्री घिसिङ
काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँग विद्युत खरिद गर्दा घाटा नभएको बताउनुभएको छ ।
राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिको बैठकमा मन्त्री घिसिङले भारतसँग ऊर्जा व्यापारका लागि द्विपक्षीय सम्झौता भएपछि सस्तो मूल्यमा विद्युत् खरिद भइरहेको स्पष्ट पार्नुभयो ।
भारतसँग द्विपक्षीय सम्झौता नभएको भए प्रतियुनिट आठ रुपैयाँ १० पैसामा विद्युत् किन्नुपर्ने बाध्यता रहेको बताउँदै उहाँले सम्झौतापछि प्रतियुनिट ६ रुपैयाँ ९५ पैसामा विद्युत् खरिद भइरहेको जानकारी दिनुभयो ।
यसबाट करिब एक अर्ब २० करोड रुपैया बचत भएको जानकारी दिनुभयो । मन्त्री घिसिङले अहिलको सम्झौताले राज्यलाई नाफाका साथै सुख्खा मौसममा उद्योगीहरुलाई थप विधुत दिन सक्ने वातावरण बनेको बताउनु भयो ।
त्यस्तै मन्त्री घिसिङले सरकारी बजेट रोक्का भएका कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम देखिएको पनि बताउनुभयो ।
उहाँले समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कडाइका साथ कारबाही थालिएको बताउदै दुई सय ६९ परियोजना ठेक्का तोड्ने प्रक्रियामा रहेको र ४९ ठेक्का आधिकारिक रूपमा तोडिएको जानकारी दिनुभयो । ।।






प्रतिक्रिया राख्नुहोस्