चितवनमा ग्यास बुलेटको ठक्करबाट युवतीको मृत्यु, एक घाइते

चितवन- भरतपुर महानगरपालिका–१० मालपोत चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने एक व्यक्ति घाइते भएका छन्।

आज बिहान करिब ७ बजे काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको NL 01 L 2453 नम्बरको खाली भारतीय ग्यास बुलेटले बा.प्र. ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक लमजुङ, मध्य नेपाल नगरपालिका–३ का ५२ वर्षीय राजकुमार श्रेष्ठ सामान्य घाइते हुनुभयो। मोटरसाइकलमा पछाडि सवार उहाँकी छोरी १८ बर्सिया राईना श्रेष्ठको घटनास्थलमै मृत्यु भएको खनालले पुष्टि गर्नुभयो।

घाइते श्रेष्ठको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ भने मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्र.ना.नि. हरिशंकर पण्डितको कमान्डमा टोली खटिएको थियो।

दुवै सवारी र ग्यास बुलेट चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

दुर्घटना भएको स्थान जिल्ला प्रहरी कार्यालयदेखि करिब ५०० मिटर पूर्वतर्फ पर्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.