प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन

काठमाडौँ –  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज सकिँदै छ । मङ्गलवारसम्म ८० वटा राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही मङ्सिर १ देखि आजसम्मको समय दिएको थियो ।

अहिलेसम्म नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत ८० वटा दलले निर्वाचनका लागि दल दर्ता गरिसकेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा पुराना र नयाँ गरी १३५ दल दर्ता भएका छन् । यसमध्ये निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलले मात्रै आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन पाउने छन् ।

आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको मङ्सिर ११ देखि १८ गतेसम्म छानबिन र रुजु गरी मङ्सिर २० गते स्वीकृत भएका दलहरूको नामावली प्रकाशन गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.