निर्वाचन तोकिएकै समयमा हु्न्छ: प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने बताउनु भएको छ । धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समाहारोमा संयोजक दाहालले सङ्घीय संरचना बलियो बनाउन स्थानीय तहको भूमिकालाई मजबुत बनाउनुपर्ने उल्लेख गर्नुभयो।

आफ्नो संवोधनका क्रममा दाहालले ग्रामीण विकासको आधारभूत केन्द्र नै स्थानीय सरकार हुने टिप्पणी समेत गर्नुभयो ।

दाहालले गाउँ-गाउँमा सुविधा, सेवा र प्रशासनिक पहुँच पुर्‍याउन यस्ता संरचनाले नागरिकलाई सरकार समक्ष नजिक ल्याउने भन्दै अब भवन मात्र होइन, सेवाको गुणस्तरबाट जनतालाई परिवर्तनको अनुभूति गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.