डोटीको दक्षिणी भेगमा रहेको बिपिनगरमा इलाका प्रशासन कार्यालय स्थापना हुने

डोटी- डोटीको दक्षिण भेगमा रहेको बडी केदार गाउँपालिका वडा नम्बर – १ बिपिनगरमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । बडी केदार गाउँपालिका जोरायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाका केही वडाहरूलाई
लक्षित गरेर इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।
अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताका लागि स्वीकृति प्रदान गरेसँगै इलाका प्रशासन स्वीकृत भएको हो ।
नागरिकता राहदानी ,राष्ट्रिय परिचयपत्र ,मतदातानवलि लगायतका सेवा लिन जिल्ला सदरमुकाम सिलगढी पुग्न यस क्षेत्रका नागरिकलाई कठिनाइ हुने गरेको छ ।
नागरिकको वर्षौँ देखिको माग पूरा भएको छ अब नागरिकता बनाउनकै लागि कम्तीमा दुई तीन दिनको समय र ८र१०हजार रुपियाँ बचत हुने र शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन तथा लगायतका सरकारी सेवा उपलब्ध गराउन भएका प्रयास सफल हुँदै गएको बडी केदार गाउँपालिकाका अध्यक्ष भैरव साउदले बताउनु भयो ।
सङ्घीयताको मर्म अनुसार सहज सेवा दिन राज्यले गरेको निर्णय स्वागतयोग्य भएको भन्दै यस क्षेत्रका स्थानीय खुसी भएका छन् ।
इलाका प्रशासन कार्यालय स्थापना भएपछि नागरिकले सामान्य कामका लागि पनि सदरमुकाम धाउनु नपर्ने जोरायल गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष गणेश बोहराले बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्