गुल्मीमा पशु बाँझोपन निवारण शिविर सम्पन्न, ५५ वटा गाईभैंसीमा उपचार

गुल्मी – भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन् गुल्मीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालन गरेको डोर टु डोर पशु बाँझोपन निवारण शिविर कार्यक्रम गरिएको छ ।
जिल्लाका इस्मा, छत्र कोट, धुर्कोट, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकास्थित विभिन्न पशुपालन फर्महरूमा गएर घरदैलो सेवाका माध्यमबाट गरिएको पशु बाँझोपन निवारण शिविर गरिएको हो ।
शिविर मार्फत ५५ ओटा गाई र भैँसीमा बाँझोपन निवारण उपचार गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन् गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बताउनुभयो ।
कृषकहरूको पहुँचमा गुणस्तरीय पशु उपचार सेवा पुर्याउँदै उनीहरूलाई उत्पादनमुखी पशुपालनतर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमलाई स्थानीय स्तरमा उत्साहजनक सहभागिता र प्रशंसा प्राप्त भएको पाण्डेले बताउनुभयो । पशुपालन व्यवसाय कृषकहरूको मुख्य आम्दानीको श्रोत बन्दै गएको अवस्था र पशु प्रजननसम्बन्धी समस्या समयमै समाधान नगर्दा ठुलो आर्थिक क्षति हुने भएकाले यस कार्यक्रमलाई अत्यन्तै उपयोगी मानिएको छ ।
कार्यक्रममा पशु प्रजनन विज्ञ डा. लक्ष्मण घिमिरे, पालिकाका प्रविधिक साथीहरू, भेटेरिनरी अस्पतालका डाक्टर तथा प्रविधिकहरूको प्राविधिक सहयोग र समन्वय मा कार्यक्रम गरिएको थियो ।
उपचारपछि बिरामी जनावरमा भविष्यमा उत्पादन वृद्धिमा यसको प्रत्यक्ष प्रभाव पर्ने विश्वास व्यक्त गरिएको थियो ।
यस कार्यक्रमबाट सेवा दिएका कृषकहरूले घरदैलोमै विशेषज्ञ सेवा पाएकोमा खुसी व्यक्त गर्दै यस्तो कार्यक्रम निरन्तर जारी राख्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूले पहिले उपचारका लागि टाढा टाढा खर्चिलो यात्रा गर्नुपर्थ्यो, अहिले घरमै डाक्टर आएर समस्या समाधान गरिदिएकाले किसानलाई धेरै राहत मिलेको बताएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन् गुल्मीका अनुसार आगामी दिनमा पनि यस किसिमका प्राविधिक गोष्ठी, सीपमूलक तालिम, पशु स्वास्थ्य परीक्षण तथा बाँझोपन निवारण कार्यक्रम क्रमिक रूपमा थप पालिका तथा गाउँका फर्महरूमा विस्तार हुँदै जाने कार्यालयले जनाएको छ ।
पशुपालनलाई आधुनिक, व्यावसायिक र दिगो बनाउन यस किसिमका कार्यक्रमले सघाउने विश्वास पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्