जेन-जीहरुसँगको सम्झौतालाई छिटो टुङ्ग्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेन-जीहरुसँगको सम्झौता तत्काल टुङ्ग्याउन सरकारी अधिकारीहरुलाई निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री कार्कीले आज जेन-जी आन्दोलनका अगुवाहरुसँग छलफलका क्रममा उनीहरुकै अगाडि सरकारी प्रतिनिधिहरुलाई ढिलोमा आगामी सोमबारसम्म सम्झौतालाई अन्तिम रुप दिन निर्देशन दिनुभएको हो ।

सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने विषयमा आज सिंहदरबारमा छलफल भएको हो।

छलफलमा प्रधानमन्त्री कार्कीले हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे प्रधानमन्त्रीको हैंसियतले आफूले र  सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जेन-जीसँग गरिने सम्झौता राजनीतिक दस्तावेज हुने भएकोले कर्मचारीहरुले चिन्ता लिन नपर्ने भन्दै प्रधानमन्त्री कार्कीले सरकारी अधिकारीहरुलाई ताकेता गर्नुभएको थियो ।

छलफलमा सहभागी जेन-जी अगुवाहरुले सरकारसँगको सम्झौता छिटो गर्न प्रधानमन्त्रीलाई सामुहिक आग्रह गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.