सरसफाईमा नमूना पालिका बन्दै ज्वालामुखी गाउँपालिका

धादिङ- किट र पानी जन्य रोग नियन्त्रणका साथै विभिन्न सरुवा रोगहरु मुक्त समाज निर्माणका लागि भन्दै धादिङका स्थानीय तहहरुले नमुना सफा र स्वाच्छ गाउँ बनाउने अभियान सुरु गरेका छन ।
यसैक्रममा धादिङको ज्वालामुखी गाउँपालिकाले जिल्लाकै पहिलो नमुना सफा र स्वच्छ गाउँपालिका घोषणका लागि काम गरेको सुरु गरेको हो ।
दुई नगरपालिका र ११ गाउँपालिकासहित १३ स्थानीय तह भएको धादिङ जिल्लामा पहिलो पटक गाउँपालिकाले चार ओटा वडालाई नमुना सफा र स्वच्छ वडा घोषणासहित चालु आर्थिक वर्षको अन्त्यसम्ममा नेपालकै पहिलो नमुना पालिका घोषणा गर्ने प्रतिबद्धता सहित काम आगाडि बढायको हो ।
विभिन्न सरुवा रोगका साथै किट जन्य र पानी जन्य रोग पनि नियन्त्रण गर्न सकिने भन्दै स्थानीय समेत नमुना गाउँ निर्माणमा निकै जागरुक बनेका छन् ।
योसँगै पर्या- पर्यटनको विकासमा पनि सहयोग पुग्ने स्थानीयबासीको भनाइ छ।
सफा र स्वच्छ क्षेत्र ज्वालामुखी भन्ने मुल नाराका साथ सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गरिरहेको गाउँपालिकाका अध्यक्ष यमनथा दनैले बताउनु भएको छ । अहिले चौथो वडाको रूपमा पालिकाको वडा नम्बर ५ लाई नमुना, सफा र स्वच्छ गाउँ घोषणा गरिएको हो ।।






प्रतिक्रिया राख्नुहोस्