नेपाल-चीन जोड्ने मितेरी पुलको बेलीब्रिज निर्माण कार्य धमाधम

रसुवा- नेपाल-चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन मितेरीपुलको बेलीब्रिज निर्माणले तीव्रता पाएको छ ।

आधुनिक उपकरणसहित चिनियाँ प्राबिधिकहरु अहिले दैनिक २५–३५ जनाले मितेरीपुलको निर्माणको काममा जुटिरहेका छन । गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले रसुवागढी नाकास्थित अन्तर्राष्ट्रियस्तरको पक्की पुल बगाए पछि चीन सरकारको सहयोगमा बेलीब्रिज निर्माण भइरहेको हो ।

चिनियाँ पक्षका अनुसार यसअघि नै तयार गरिसक्ने योजनाका साथ काम गरिएको भए पनि बर्षातका समयमा लगातार वर्षा हुँदा खोलाको बहाब बढेपछि काममा अबरोध आएकाले निर्माण कार्य ढिलो हुन पुगेको हो ।

स्थानीयका अनुसार तीनवटा ‘जोमक्रेन’ सहित द्रुत गतिमा काम भइरहेकाले अबको एक महिनामा बेलीब्रिज निमार्णको काम सम्पन्न गरी यातायात सञ्चालन गरिने छ ।

करिब पाँच महिनासम्म नाका संन्चालन हुन नसक्दा राजश्व संकलनमा समेत ठुलो प्रभाब परेको रसुवा भन्सार कार्यालयका प्रमुख भंन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताउनु भयो ।

पुल नबन्दा चीनबाट ल्याइएका मालबाहक सामानसहितका कन्टेनरहरु चीनतर्फ नै रोकिएका छन । यसले व्यापारीलाई समेत मर्का परेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.