गोरखाको १२ किलोमा रोकिएको बस पल्टियो, १ जनाको अवस्था गम्भीर

गोरखा- गोरखाको १२ किलो भन्ने ठाउँमा आज दिउँसो बस दुर्घटना भएको छ ।
गोरखाबाट नारायणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर बिकले जानकारी दिनुभयो ।
ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको हो ।
आँबुखैरेनी- ९ गोरखा सडक खण्डको १२ किलो भन्ने स्थानमा बस रोकिरहेको ठाउँबाटै गुडेर केही मिटर मात्रै तल झरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, बसमा करिब २० जना यात्रु थिए । सामान्य घाइते यात्रुहरुको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको र ४ जनाको उपचारको लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।
चितवन लगिएका चार जना मध्य एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।।






प्रतिक्रिया राख्नुहोस्