प्रत्येक बर्ष भदौ २३ गते जेन-जी शहीद दिवस मनाउने सरकारको निर्णय

काठमाडौँ- सरकारले प्रत्येक बर्ष भदौ २३ गते जेन-जी शहीद दिवस मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री जगदिश खरेलले दिनु भएको हो ।

बैठकले शहीदमा आश्रित परिवार आमा-बा, श्रीमान वा श्रीमती र छोराछोरीलाई शहीद परिवार परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

यसैगरी, बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा ५ लाख रुपैयाभन्दा बढी रकम बैँक तथा वित्तिय संस्थामार्फत मात्र कारोवार गर्ने निर्णय गरेको छ ।

बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.