मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेश गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले यो आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेशको आदेश दिएको हो ।

प्रदेश प्रमुखसमेत विपक्षीहरुको नाममा यस्तो आदेश भएको सर्वोच्च अदालतका उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिनुभयो ।

अदालतले विश्वासको मत प्राप्त भएमा यही सरकारलाई निरन्तरता दिने र विश्वासको मत प्राप्त नभएमा संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको आदेश पनि दिएको छ ।

संविधानको धारा १ सय ६८ को उपधारा २ मा प्रदेश सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.