चिसो बढेसँगै पाल्पामा श्वासप्रश्वासका बिरामी बढे 

पाल्पा-    चिसो बढेसँगै पहाडी जिल्ला पाल्पामा श्वासप्रश्वासका बिरामी बढेका छन् ।

एक्कासि चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी बढेको पाल्पा अस्पतालका मेसु डा राजेन्द्र पौडेलले बताउनुभयो ।
अहिले दैनिक जसो सरदर ५०–६० जना श्वासप्रश्वासका बिरामी उपचारका लागि पाल्पा अस्पताल आउने गरेका छन् । खासमा बढ्दो चिसोमा आवश्यक सावधानी र सुरक्षा नअपनाइँदा बिरामी बढ्ने गरेका हुन ।  यस्ता बिरामीमा ग्रामीण बस्तीका वृद्ध वृद्धा, महिला र बालबालिका बढी रहेका जनाइएको छ ।

मौसमअनुसारका आहारव्यहारमा ध्यान नदिँदा श्वासप्रश्वास, हाड जोर्नी दुख्ने र आँखाका बिरामी बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्लाको मिसन अस्पताल,  लुम्बिनी मेडिकल कलेज, खस्यौली र ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र र जिल्लाका १० वटै स्थानीय तहमा रहेका स्वास्थ्य चौकी र अन्य निजी स्तरमा सञ्चालित अस्पतालमा पनि श्वासप्रश्वास र आँखाका बिरामी आउने क्रम बढेको छ ।

चिसो बढेसँगै धुलो र धुवाँबाट जोगिन, आहारव्यवहारमा ध्यान दिन र बिहान साँझको ठन्डीमा घरबाट बाहिर ननिस्कीन चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.