आम्दानीको राम्रो श्रोत बन्दै पिँडालु खेती

धादिङ-   खेर गएको भिरालो जमिनमा गरिएको पिँडालु खेती, हुस्सेका स्थानीयको आम्दानीको राम्रो श्रोत बन्दै गएको छ ।

ज्वालामुखी गाउँपालिका स्थित हुस्सेका स्थानीयले सामूहिक रूपमा पिँडालु खेती गरी  राम्रो आम्दानी गर्न सफल भएका छन्।
पाँच वर्ष अघि देखी व्यवसायीक रुपमा पिँडालु खेती सुरु गरेका हुस्सेका स्थानीयले पछिल्ला वर्षहरूमा पिँडालु खेतीको पकेट क्षेत्रकै रूपमा हुस्सेलाई विकास गरेका छन् ।

यहाँका स्थानीयले खरी,नुवाकोटे,डल्ले र पाँच मुखे पिँडालु लगाउँदै आएका छन् ।
गुरुङ्ग समुदायका मानिसहरूको बसोबास रहेको सो क्षेत्रका मानिसहरूले मकै कोदो जस्ता अन्न बाली लगाउँदा बाँदर, दुम्सी लगायतका जङ्गली जनावरले दुःख दिने गरेका कारण लगाएको खेती बाली नै भित्र्याउन पाउँदैन थिएनन् ।

सबै बाली जङ्गली जनावरले नै सखाप बनाए पछि उनीहरू समस्यामा परेको बताउँदै अव भने ढुक्क भएको बताउछन् ।

पिँडालु घरबाटै प्रतिकिलो पचास रुपैयाँ  बिक्री हुने गरेको छ । गाउँलेका सबै पाखो र भिरालो जमिनमा सबै मिलेर सामूहिक रूपमा पिँडालु खेती सुरु गरेका छन् । अहिले धमा धम पिडाँलु उखेल्ने र बजार लग्ने बेला भएको छ । यसको बजार व्यवस्थापन र व्यवसायी रूपमा उत्पादन गर्नेहरूका लागी अनुदानको व्यवस्था समेत मिलाएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनु भएको छ ।

दुई डोको मुस्किलले कोदो र मकै फल्ने बारीमा अहिले एकै सिजनमा एउटै गह्रामा गरेको पिँडालु खेतीबाट पचास देखी सत्तरी हजारसम्म आम्दानी गरेको भनाई किसानहरुको छ ।

जिल्लामा बाग्मती प्रदेश सरकारको एक वडा एक कृषि उत्पादनलाई समेत यसले निकै ठुलो टेवा पुगेको छ । यस वर्ष सामूहिक रूपमा गरेको पिँडालु करिब सात टन उत्पादन भएको छ । एकै किसानले यस वर्ष त चार टनसम्म पिँडालु उत्पादन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.