नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाडौँ-  नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको आशंकामा बुधबार उहाँलाई पक्राउ गरेको हो।

अख्तियारका अनुसार नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रक्रियामा आर्थिक अनियमितता र पद दुरुपयोग भएको ठहर भएपछि अधिकारीसहित अन्य संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियारले आवश्यक अनुसन्धान पूरा भएपछि अभियोगपत्र दर्ता गर्दै विशेष अदालतमा मुद्दा चलाइएको जनाएको छ।

हेलिप्याड निर्माणमा बजेट विनियोजन, खर्च विवरण र ठेक्का प्रक्रियामा गम्भीर बेथिति भेटिएको आयोगको दाबी छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.