धादिङको धुनिबेसी चालिसेमा एकै ठाउँमा सात वटा सवारी साधन दुर्घटनामा

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । विद्यालयका विद्यार्थी बोकेको बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको थियो । दुर्घटनामा दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन् । घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौँतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्