सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ-  शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५५५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.