भालुको आक्रमणबाट युवक घाइते
–अस्पतालमा उपचार जारी

नुवाकोट- नुवाकोटको उत्तरी भेगमा रहेको वरादीमा भालुको आक्रमणबाट स्थानीय एक युवक घाइते भएका छन् । घाइते युवकको अस्पतालमा उपचार जारी रहेको छ ।
सदरमुकाम सिबदुरदेखि ३० किलोमिटर उत्तरमा रहेको सूर्य गढी गाउँपालिका–१ बरादीका ४२ वर्षीय लावाङ तामाङ भालुको आक्रमणमा परेर गम्भीर घाइते हुनु भएको छ । घर नजिकै काम गर्दै गर्दा अचानक उहाँलाई भालुले आक्रमण गरेको वडाध्यक्ष राजकुमार तामाङले बताउनु भयो ।
उहाँका अनुसार भालुको आक्रमणपछि सख्त घाइते भएका लावाङ तामाङको शरीरमा गम्भीर चोट लागेको छ ।
घटना लगत्तै स्थानीयवासीले घाइतेको उद्धार गरेर काठमाडौँ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेर उपचारजारी रहेको वडाध्यक्ष तामाङले बताउनु भयो ।
घाइतेले तामाङको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाइएको छ । भालु नजिकैको जङ्गलबाट गाउँमा आएको हुनसक्ने अनुमान गरिएको छ भने यससँगै गाउँमा त्रास बढेको छ ।






प्रतिक्रिया राख्नुहोस्