रूसद्वारा युक्रेनमाथि भीषण हवाई आक्रमण

Getty Images

एजेन्सी – रूसले युक्रेनमाथि भिषण हवाई आक्रमण जारी राखेको छ ।

अमेरिकामा भएको शान्ति वार्ता सकिए लगत्तै युक्रेनको एक शहरमा ठूलो आक्रमण भएको हो ।

युक्रेनको मध्य भागमा रहेको प्रमुख औद्योगिक शहर क्रेमेन्चुकमा ठूलो आक्रमण भएको त्यहाँका नगरप्रमुख भिताली मालेत्सले जानकारी दिनु भएको छ । आक्रमणपछि केही क्षेत्रमा पानी, बिजुली र ताप आपूर्ति बन्द भएको छ ।

अहिलेसम्म मानविय हताहती भएको खवर प्राप्त नभएको नगरप्रमुख भितालीलाइ उद्धृत गर्दै विविसीले जनाएको छ । रूसको रक्षा मन्त्रालयले भने विभिन्न स्थानमा ७७ वटा युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ । गत रातभर आक्रमण भएको केही घण्टापछि, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्ता टोलीसँग ‘अत्यन्तै सकारात्मक’ फोन वार्ता भएको बताउनु भएको छ ।

फ्लोरिडामा तीन दिनसम्म चलेको शान्ति वार्ता सम्पन्न भएपछि जेलिन्स्कीले अमेरिकी पक्षसँग सहकार्य जारी राख्ने दृढता व्यक्त गर्नु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.