सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदै, अर्थमन्त्रीले उद्घाटन गर्ने

कैलाली- कैलालीको धनगढीमा कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुदैंछ । प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारको साथै कला, संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले सङ्घले १९ औं संस्करणको महोत्सव आयोजना गर्न लागेको हो । मङ्सिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको सङ्घले जानकारी दिएको छ ।
महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गर्ने सङ्घले जानकारी दिएको छ । तीन करोड रुपियाँको लगानीमा आयोजना गरिरहेको महोत्सवमा १५ करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने सङ्घका अध्यक्ष पुष्कर राज ओझाले बताउनुभयो । उहाँले सात लाख दर्शकले महोत्सवको अवलोकन गर्ने बताउनुभयो ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोेमोबाइल्स, इलेकट्रोनिक, होटल, सूचना प्रविधि लगायतको गरेर ५ सय वटा स्टल रहेको आयोजकले जानकारी दिएको छ ।






प्रतिक्रिया राख्नुहोस्