रसुवामा काङ्ग्रेसबाट प्रत्यक्षमा मोहन आचार्यको नाम सर्वसम्मत सिफारिस

रसुवा – प्रतिनिधिसभा सदस्यका लागि रसुवामा काँग्रेसबाट प्रत्यक्षतर्फ ई.मोहन आचार्यको नाम सर्वसम्मत सिफारिस भएको छ ।
फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि बसेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति रसुवाको बैठकले काँग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद ई.मोहन आचार्यको एकल नाम सिफारिस गर्ने निर्णय गरेको पार्टी सभापति पेम्बा छिरिङ तामाङले जानकारी दिनु भयो ।
ई.मोहन आचार्य यस अधि पनि लगातार दुई पटक रसुवाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई सक्नु भएको छ।
यसै गरी बैठकले समानुपातिक तर्फ पेम्बाछिरिङ तामाङ ,सार्किबुट्टी तामाङ र राष्ट्रिय सभा सदस्य तर्फ जनक जीवन उपाध्यायलाई सिफारिस गरेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति रसुवाले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्