‘भारतीय कलावंत सम्मान’ मा नेपाली कलाकारको जित

काठमाडौँ- भारतको रायपुरस्थित गोविन्द लीला कला कौशल संस्थाद्वारा आयोजित ‘कलावंत सम्मान–२०२५’ भारतनाट्यम प्रतियोगितामा नेपालका तीन कलाकारको जित भएको छ ।
प्रतियोगिता मङ्सिर २१ गते आयोजना भएको थियो । ललितपुरको सुन्धारास्थित क्लासिक कल्चर सेन्टरबाट सहभागी सवजुनियर समूह ९६–१० वर्ष०मा सात वर्षीय विभाष स्वरुप रघुवंशी, जुनियर समूह ९११–१५ वर्ष० का १३ वर्षीया पंलेस्वा रघुवंशी र सिनियर समूह ९१६–२० वर्ष० मा १६ वर्षीया सदीक्षा पौडेलको जित भएको हो ।
सव–जुनियर विजेता विभाष एसयमजी स्कूल कक्षा २ का विद्यार्थी हुन् । उनी पाँच वर्षको उमेरदेखि भरतनाट्यम साधनामा सक्रिय छन् । उनले अहिलेसम्म २० भन्दा बढी मञ्चमा प्रस्तुति गरिसकेका छन् । जुनियर विजेता पंलेस्वा नेसनल युनाइटेड स्कूलमा कक्षा ९ मा अध्ययनरत छिन् । आठ वर्षदेखि नृत्ययात्राम सक्रिय रहँदै नेपाल तथा भारतका विभिन्न राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रस्तुति गर्दै आएकी छन् ।
सिनियर विजेता सदीक्षा हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजमा कक्षा ११ मा अध्ययनरत छिन् । उनले निरन्तर राष्ट्रिय तथा अन्तरराष्ट्रिय कार्यक्रमहरूमा प्रभावशाली प्रस्तुति गर्दै नृत्यलाई उचाइमा पु¥याउँदै आएकी छन् । प्रतियोगितामा नृत्यसँगै गायन, वादन तथा चित्रकलाको समेत समावेश थियो । अन्तिम मूल्याङ्कनमा तीनै नेपाली कलाकारले सर्वाधिक अङ्क प्राप्त गर्दै ‘कलावंत सम्मान २०२५’ हासिल गरेका हुन् ।
गोविन्द लीला कला कौशल संस्थाका सचिव गुरु किरण साहूले नेपालमा भारत नाट्यम नृत्यको तीव्र विकासले आफूहरु प्रभावित भएको बताएका छन् । कार्यक्रम संयोजक सारिका शर्माले नेपालका कलाकारहरूको प्रस्तुति उल्लेखनीय रहेको बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्