फागुन २१ को निर्वाचन कार्यतालिकाको ६० प्रतिशत काम सम्पन्न
निर्वाचनको विकल्प उत्तम निर्वाचन :कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको ६० प्रतिशत काम सम्पन्न भइसकेको वताउनु भएको छ ।
सार्वजनिक सेवा प्रसारण नेपाल नेपाल टेलिभिजनसंग कुरा गर्नु हुदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सामाग्री व्यवस्थापन, ऐन, कानुन, नीति, निर्देशिका निर्माण, मतदाता नामावली अध्यावधिक र राजनीतिक दल दर्ता लगाएका महत्वपूर्ण काम सम्पन्न भएको वताउनु भएको हो ।
उहाँले निर्वाचनको विकल्प उत्तम निर्वाचन मात्रै भएको भन्नुहुँदै आगामी फागुन २१ गते सफलता पूर्वक प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न हुने पनि वताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्