पानीमा रुझेका घाइतेलाई व्यवसायीले बाँडे न्यानो कपडा

 दाङ – दाङको लमही नगरपालिका -१ कौडियामा भएको बस दुर्घटनामा घाइतेहरूलाई देउखुरी उद्योग वाणिज्य सङ्घ लमही, चेम्बर अफ कमर्स, होटल व्यवसायी समितिले न्यानो कपडा, जुत्ता चप्पल, पानी, चाउचाउ, बिस्कुट लगायत सामाग्री वितरण गरेका छन् ।

डडेलधुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खस्दा २२ जना यात्रु घाइते भएका थिए । उपचारपछि सबै यात्रु डिस्चार्ज भइसेका छन् ।

बस चालक डडेलधुरा अम्मर गढी–७ का ३६ वर्षीय राजेन्द्र कैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरूमा डडेलधुरा, कैलाली, बैतडी, प्युठानलगायत विभिन्न स्थानका रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.