रामपुर – कपुरकोट सडकको भौतिक प्रगति ५० प्रतिशत

पाल्पा-  लुम्बिनी प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको रामपुर- कपुरकोट सडक, प्रदेशको आर्थिक तथा सामाजिक विकासको मेरुदण्ड बन्ने अपेक्षासहित अघि बढिरहेको छ। यो सडक पाल्पा, अर्घाखाँची, प्युठान र रोल्पा समेत गरी ४ जिल्लालाई समेट्दै प्रदेशको पूर्व(पश्चिम राजमार्गको रूपमा कार्यान्वयन भइरहेको छ। प्रदेश बासीलाई समान हैसियत मार्फत पहाड र तराईलाई सहज पहुँचमा पु¥याउन लुम्बिनी प्रदेश सरकारले सुरु गरेको प्रदेश गौरव आयोजना जीवराज आश्रित– कृष्ण सेन इच्छुक मार्ग रामपुर – कपुर बोट सडक निर्माणले गति लिएको छ ।

४ जिल्लामा पहुँच विस्तार हुने ३ सय किलोमिटर सडकको पाल्पा, अर्घाखाँची, रोल्पा र प्युठान जिल्लामा गरी करिब ५० किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने सडकको स्तर उन्नति र ग्राभेलको काम समेत तीव्र गतिमा भएसँगै समग्र योजनाको भौतिक प्रगति ५० प्रतिशत पुरा भएको छ ।

गण्डकी प्रदेशसँग सीमा जोडिएको पाल्पाको रामपुरबाट सुरु भई कर्णाली प्रदेशको सल्यान स्थित कपुर बोट जोड्ने यस सडक आयोजनाले पहाडी जिल्लाको कनेक्टिभिटी देखि कृषिजन्य वस्तुलाई तराईसम्म पुर्‍याउन सहजता थपेको छ । ४ जिल्लामा पहुँच विस्तार हुने ३ सय किलोमिटर सडकको अर्घाखाँची र पाल्पा जिल्लामा ३० कि.मी सडक खण्डमा कालोपत्रे सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पाल्पाको रम्भा गाउँपालिकाको हुमिन देखि ताहुँ सम्म साढे ५ किलोमिटर ५ करोड ५४ लाख २० हजार लागतमा कालोपत्रे गर्ने काम गरेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।

प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको यस सडक खण्ड पाल्पाको रामपुर निस्दी, पुर्वखोला, रम्भा, माथागढी,बगनासकालि, तानसेन, रिब्दीकोट र रैनादेवी छहरा गरी नौ स्थानीय तहलाई जोडेको छ । सबै भन्दा लामो दुरी करिब १ सय १२ किलोमिटर पाल्पा खण्डमा परेका कारण पनि पाल्पाका जनप्रतिनिधिमा उत्साह थपिएको हो ।

स्थानीयका घर आँगनमै व्यवस्थित कालो पत्र सडक पुगेपछि एक तर्फ स्थानीय दंङग छन् भने अर्को तर्फ सहज सवारीसाधनको पहुँच मार्फत गाउँका कृषि उपज बजारसम्म पन्याउन टेवा पुग्नुका साथै ग्रामीण क्षेत्रमा भौतिक विकास निर्माणमा सहयोग पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.