प्रतिनिधिसभा निर्वाचन : पाल्पा-१ बाट राना कांग्रेस उम्मेदवार सिफारिस

पाल्पा — प्रतिनिधिसभा सदस्यका लागि पाल्पा क्षेत्र नम्बर १ मा काँग्रेसबाट प्रत्यक्षतर्फ सन्दीप रानाको नाम सर्वसम्मत भएको छ ।

फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि बसेको क्षेत्रीय समितिको बैठकले रामपुर नगरपालिका–७, निवासी रानाको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति झमन राज मगरले जानकारी दिनुभयो ।

पाल्पा १ बाट प्रतिनिधिसभा समानुपातिकतर्फ लुम्बिनी प्रदेश सदस्य कृष्णप्रसाद अधिकारी र एक जना महिला थप गर्ने गरी उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको उहाँले बताउनु भयो । क्षेत्रीय समितिका पदाधिकारी, सदस्य साथै काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, सचिव सन्तोषकुमार थापा मगरलगायत महासमिति, महाधिवेशन प्रतिनिधि, नगर, गाउँ सभापतिहरूको सहभागितामा बैठक बसेको हो । प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरिएका राना काँग्रेस लुम्बिनी प्रदेश सदस्य र अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत हुनुहुन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.