सुदूरपश्चिमका मुख्यमन्त्री शाह अस्वस्थ, उपचारका लागि नयाँ दिल्ली प्रस्थान

 धनगढी –  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान धनगढीबाट स्थल मार्ग हुँदै दिल्ली जानु भएको हो ।

 मुख्यमन्त्री शाहको दायाँ खुट्टामा रीढको हड्डी र नसा सम्बन्धी समस्या देखिएपछि केही दिनदेखि हिँडडुल गर्नसमेत कठिनाइ भएको सचिवालयले जनाएको छ ।
 धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गर्दा पनि अवस्था सुधार नआएपछि उहाँ काठमाडौँ जानु भएको थियो । काठमाडौँमा पनि पूर्ण रूपमा निको नदेखिएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि नयाँ दिल्ली जाने निर्णय गरिएको उहाँको सचिवालयले जनाएको छ ।

 मुख्यमन्त्री शाहको उपचार नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा हुने भएको छ । उहाँ दिल्ली प्रस्थानसँगै आर्थिक मामिला मन्त्री बहादुर सिंह थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.