पाल्पाको मित्याल दुर्घटना अपडेट: मृतक तिनै जना महिला

 पाल्पा-   पूर्वी पाल्पाको निस्दी गाउँपालिका स्थित मित्याल अरुण खोला सडक अन्तर्गत निस्दी ४ मित्यालमा आज भएको जिप दुर्घटनामा ज्यान गुमाएका तीनै जना महिला रहेको खुलेको छ ।
दुर्घटनामा मृत्यु भएका तीनै जानको अनुहारमा गम्भीर चोट लागेको र कुनै पनि परिचय खुल्ने कागजपत्र नभेटिएकोले सनाखत गर्न कठिनाइ भएको पाल्पा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार नवलपुर प्रहरीसँग समन्वय गरी घाइतेको पहिचान गर्ने कम सुरु भएको बताउनुभयो ।

नवलपुर जिल्लाको अरुण खोला देखि पाल्पा रामपुरको लागि छुटेको लु १ ज ३९०८ नम्बर को फोर्स जिप आज बिहान १० बजेको समय मित्यालको चिउरेबास पहिलो घुम्ती नजिक एकलफुक्सीङ भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । यात्रु ओराल्ने क्रममा रोकी राखेको जिप एक्कासि अनियन्त्रित भई सडकबाट झन्डै ८ सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

दुर्घटना ८ जना यात्रु गम्भीर घाइते भएका छन् । घाइतेको रामपुर अस्पताल पाल्पामा प्राथमिक उपचार पछि चितवन स्थित स्थित भरतपुर अस्पताल पठाइएको छ । घाइतेको स्थानिय र मित्याल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उद्धार गरेका थिए । दुर्घटना भएको स्थल आग्लो भिर भएकोले उद्धारमा कठिनाइ भएको मित्यालका स्थानीय पुनाराम सुनारीले जानकारी दिनुभयो ।

घटनाको बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमान्डमा थप टोली खटिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.