मन्त्रिपरिषद् विस्तार हुँदै, थपिदै ४ मन्त्री

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैहुनुहुन्छ ।
आज चारजना मन्त्रीहरु थपिन लागिएको हो ।
श्रद्धा श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक, माधव चौलागाईं वन तथा वातावरण , राजेन्द्र भण्डारी श्रम र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने गरी प्रधानमन्त्री कार्यालयले नाम सिफारिश गरेको छ ।
नयाँ मन्त्रीहरुको शपथ अहिले साढे २ वजे गर्ने गरी शितल निवासले तयारी गरेको छ ।
चौथोपटक विस्तार भएपछि मन्त्रिपरिषद् अब १४ सदस्यीय हुने भएको छ ।।






प्रतिक्रिया राख्नुहोस्