विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध

काठमाडौँ-आगामी निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन माग गर्दै पूर्वमन्त्री सुमना श्रेष्ठ, प्रवासबाट फर्किएका नेपाली तथा जेनजी पुस्ताका प्रतिनिधिसहितको समूहले कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष आज ज्ञापनपत्र प्रस्तुत गरेको छ ।
सर्वोच्च अदालतले २०७४ मा गरेको निर्णयअनुसार विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चितत गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।  समूहमा नेपाल विवेकशील पार्टीका अध्यक्ष सन्तोष घिमिरे, जेनजी पुस्ताका प्रतिनिधि प्रकृति ढकाललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.