दलहरुलाई कमजोर बनाएर देश बन्दैन : ओली
जेनजीका जायज गुनासोलाइ हिंस्साको इन्धन बनाइयो

काठमाडौँ-नेकपा एमालेको महाधिवेशन उद्घाटन सत्र जारी छ । अधिवेशनलाई अहिले पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु भएको छ ।
उद्घाटन सत्रलाइ सम्बोधन गर्दै ओलीले आफुहरु जेनजी विरोधी नभएको भन्दै उक्त भ्रमबाट मुक्त हुन आग्रह गर्नु भएको छ । एमाले विरुद्ध कुनै विषय नपाएपछि जेनजी विरुद्ध चित्रण गरिएको बताउनु भयो । देश बनाउने सपना बोकेका दलहरुलाई पाखा लगाएर देश नबन्ने ओलीको भनाक्षइ छ ।
”दलहरुलाई कमजोर बनाएर देश बन्दैन । विचारविनाका दल र पात्राले देशलाइ संकटमा लैजान्छन् । ओलीले भन्नुभयो । पार्टी भित्र एकता कायम गर्ने अहिलेको आवश्यक्त रहेकोमा ओलीले जोड दिनु भयो ।






प्रतिक्रिया राख्नुहोस्