अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ-अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । नेपालले अमेरिकी डलर तिरेर सामान आयात गर्ने भएकाले आयातित सामान थप महैगो हुनेछ ।

डलरको मुल्य बढ्दा विशेषगरी पेट्र्लियम पदार्थ, सवारीसाधन, पार्टपूर्जा तथा औद्योगिक कच्चा पदार्थको मुल्य बढ्नेछ ।

साथै नेपाली सामान विदेशमा निर्यात गर्दा सस्तो पर्न जान्दा निर्यात व्यापार बढ्न सक्ने सम्भावना रहन्छ । साथै नेपालभित्र महंगीदर समेत बढ्ने सम्भावना रहेको अर्थविद् बताउँछन् । तर विदेशमा काम गर्ने नेपालीले रेमिट्यान्स पठाउँदा भने फाइदा हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.