गोलभेँडा खेतीमा डढुवा रोगको प्रकोप

 पाल्पा – पाल्पाको पश्चिमी भेगमा लगाइएको गोलभेँडा खेतीमा डढुवा रोग देखा पर्न थालेपछि किसानमा चिन्ता थपिएको छ । शीतलहरसँगै देखा परेको रोग डढुवा रोगको प्रकोपले गोलभेँडाका बिरुवा मर्ने र फल कुहिन थालेपछि किसान चिन्तित बनेका हुन ।
जिल्लाको रिब्दीकोट स्थित मैनादी, ठिमुरे, कुसुमखोला र रैनादेवी छहराको बतासे, मुझुङ्ग, सिद्धेश्वर लगायतका ठाउँमा समस्या देखि छ । बिहान र बेलुकाको समयमा कठ्याङ्ग्रिँदो चिसो र तुसारोले गोलभेँडा कुहिन थालेपछि किसानले गाइभैसीलाई खोले बनाएर खुवाउन थालेका छन् ।
  रैनादेवी छहरा मुझुङ्गमा ५ रोपनी क्षेत्रफलमा गोलभेडाको व्यावसायिक खेत गर्दै आउनु भएका राम बहादुर कार्की अनुसार बजार मूल्य राम्रो भए पनि गोलभेँडामा ढुसी देखिदा समस्या सिर्जना भएको बताउनुभयो । कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख अमिता पाडेका अनुसार लामो समयसम्म चिसो र शीतलहरका कारण व्यावसायिक रूपमा गोलभेँडा खेती गरेका किसान मारमा परिरहेको बताउनुभयो ।
 चिसो र शीतलहरले तापक्रम अत्यन्तै न्यून हुने र वातावरणमा आर्द्रता बढ्दा जमिनमा रहेको ढुसी सक्रिय भई डढुवा रोगको प्रकोप देखा पर्ने कृषि प्राविधिकहरूको भनाइ छ । हिजो आज डढुवा रोगको प्रकोपले गोलभेँडासँगै आलु, तरकारी, तेलहन लगायतका बाली समेत नराम्ररी गरी प्रभावित भएको छ ।
Sunil

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.