एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ – ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

भृकुटीमण्डपमा केही बेरअघि बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द सत्रका कार्यक्रमहरूबारे महत्त्वपूर्ण छलफल हुने बताइएको छ ।

यो १०औँ महाधिवेशनबाट चुनिएको एमाले केन्द्रीय कमिटी कार्यकालको अन्तिम बैठक हो ।

केन्द्रीय कमिटी बैठक सकिएपछि दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको बन्द सत्र सुरु हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.