शिताके च्याउ खेती आम्दानीको नयाँ सम्भावना

स्याङजा- परम्परागत खेतीभन्दा फरक र कम समयमै मनग्य आम्दानी दिन सक्ने शिताके च्याउ खेती स्याङ्जामा विस्तार हुँदै गएको छ । स्वास्थ्यवर्धक र विषादीयुक्त खाद्यवस्तुका रूपमा पहिचान बनाउँदै गएको शिताके च्याउको माग पछिल्लो समय स्थानीय बजारमा तीव्र रूपमा बढिरहेको बेला किसानहरू यस खेतीमा आकर्षित भएका हुन् ।
शिताके च्याउ खेती उतिस, ओखर, आँपजस्ता काठका मुढामा प्राकृतिक वातावरणमा तयार पारेर गरिन्छ । पराले च्याउभन्दा नितान्त फरक प्रविधिबाट गरिने यो खेतीका लागि मध्य पहाडी क्षेत्रको चिसो हावापानी उपयुक्त मानिन्छ । मुढामा उत्पादन हुने भएकाले यो च्याउ विषादीयुक्त हुने भन्दै स्याङ्जाको भिर कोट–५ का कृषकहरूले विगत तीन वर्षदेखि शिताके च्याउ खेतीलाई व्यावसायिक रूपमा अघि बढाएका छन् । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यो खेतीले ग्रामीण क्षेत्रमा आत्मनिर्भरता र रोजगारी सिर्जनामा टेवा पु¥याउने अपेक्षा कृषकहरुको छ । उत्पादन भएको च्याउ घरैबाट बिक्री हुँदा कृषकहरू सन्तुष्ट देखिन्छन् ।
स्वास्थ्यका दृष्टिले पनि शिताके च्याउ अत्यन्त लाभदायी मानिन्छ । विश्व खाद्य सङ्गठन WHO ले शिताके च्याउलाई स्वादिष्ट तथा पोसिलो खाद्यवस्तुका रूपमा वर्गीकृत गरेको छ। यसले मुटुसम्बन्धी विभिन्न रोगबाट बच्न सहयोग गर्नुका साथै मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । विगतका वर्षमा च्याउ खरिदका लागी बजार जानुपर्ने गाउँलेको समस्या भने अहिले समाधान भएको छ ।
कृषि विज्ञहरूका अनुसार उचित तालिम, प्राविधिक सहयोग र बजार व्यवस्थापन गर्न सके शिताके च्याउ खेती स्याङ्जाजस्ता मध्य पहाडी जिल्लामा किसानको आम्दानी बढाउने भरपर्दो विकल्प बन्न सक्ने देखिन्छ ।






प्रतिक्रिया राख्नुहोस्